वीरगन्जका ४ वटा सामुदायिक विद्यालयमा पूर्ण रूपमा अङ्ग्रेजी माध्यम सुरु, त्रिजुद्धले लियो प्रवेश परीक्षा


आविद हुसेन, वीरगञ्ज । महानगरपालिकाले ४ वटा सामुदायिक विद्यालयमा पूर्ण रूपमा अङ्ग्रेजी माध्यम लागू गरेको छ । महानगरले नयाँ शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माई स्थान विद्यापीठ र सिद्धार्थ माविमा पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा पढाउन सुरु भएको हो ।
पूर्ण रूपमा अग्रेजी माध्यम पठनपाठन सुरु गर्न लागेको त्रिजुद्ध मा।वि।ले सोमबार कक्षा ५ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रवेश परीक्षा लिएको छ । पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु हुन लागेको विद्यालयमा विद्यार्थीको चाप बढी हुँदा प्रवेश परीक्षा लिएको विद्यालयका प्रधानाध्यापक नवीन कुमार मिश्रले जानकारी दिए ।
कक्षा ५ देखि ९ सम्म अध्ययनका लागि करिब ३ हजार भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको पनि प्रअ मिश्रले बताएका छन् । सोमबार प्रवेश परीक्षा लिएका विद्यार्थीको नतिजा बिहीबार प्रकाशित गरिने महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताएका हुन् । पहिले अङ्ग्रेजी माध्यममा शुल्क लिएर अध्यापन गराउँदै आएकोमा विद्यार्थी विद्यार्थी बिचमै विभेद भएपछि महानगरले विभेद हटाउन पूर्ण रूपमा निःशुल्क अङ्ग्रेजी माध्यममा मात्रै अध्यापन गराउन लागेको हो ।
पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा पढाउन लागिएका ४ विद्यालय सहित पहिले वीरगन्जमा सुरजीदेखि मावि र त्रिभुवन हनुमान माविले पनि अङ्ग्रेजी माध्यममा समेत कक्षा सञ्चालन गर्दै आएका थिए । यश पटकबाट भने ४ वटालाई पूर्ण रूपमा अङ्ग्रेजी र अन्यलाई नेपाली माध्यम बनाइएको हो । शुल्क लिएर अङ्ग्रेजी माध्यममा पढाउँदा कतिपय विद्यालयमा व्यवस्थापन समितिसँग विवाद देखिएको थियो भने केही विद्यालयको पारदर्शितामा प्रश्न उठिरहेको थियो । सामुदायिक विद्यालयका प्रधानाध्यापकले बोर्डिङ चलाएको भन्दै सरोकारवालाले विरोध गर्दै आइरहेका थिए ।
महानगरको नेतृत्व परिवर्तन भएसँगै सामुदायिक विद्यालयमा विभेदरहित शिक्षा प्रदान गर्न मेयर राजेशमान सिंहले पहल थालेका थिए । पटक पटकको छलफल र विज्ञहरूसँगको रायपछि पहिलो चरणमा ४ वटा विद्यालयबाट पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा पठनपाठनको सुरुवात गरिएको मेयर सिंहले बताए ।
नेपालीमा अध्ययन गर्न चाहनेका लागि पूर्ण रूपमा अङ्ग्रेजी लागू भएका ४ वटा बाहेकका अन्य विद्यालयमा व्यवस्था मिलाइएको पनि उनले बताए । महानगरमा ९१ वटा सामुदायिक विद्यालय छन् । विद्यालयमा आवश्यक स्रोत साधनको व्यवस्थापन महानगरले नै गर्ने गरी अङ्ग्रेजी माध्यम सुरु गरिएको हो ।
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...
लहानकाे साइकल स्टोर्समा आगलागी
काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ । आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...