नेपाल-साउदी अरबको खेल वर्षाका कारण स्थगित, नेपाल सेमिफाइनलमा प्रवेश

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको तेस्रो खेलमा साउदी अरवविरुद्धको खेल खराव मौसमका कारण रद्द भएको छ । दिउँसो २ बजेसम्म टस भए खेल सम्भव हुने भए पनि वर्षा रोकिने छाँट नदेखिएपछि खेल स्थगित गरिएको हो ।

दुई टीमले १/१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए को शीर्ष स्थानमा रहेको नेपालले दुई खेल र एक बराबरीसहित ५ अंक बटुल्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब अन्तिम खेल कतारसँग खेल्न बाँकी छ । समूह विजेता को हुने भने चाहीँ अन्तिम खेलले निर्धारण गर्नेछ ।

नेपालले कतारसँग जित हासिल गरेको खण्डमा समूह विजेता भएर अर्को समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.