विश्वासको मत माग्दै मुख्यमन्त्री गिरी भन्छन् : ‘अब पनि सरकार फेरबदलमा लागिरहे प्रदेशबाट विकास हुँदैन’

स्टार संवाददाता
स्टार संवाददाता

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले अब पनि सरकार फेरबदलमा लागिरहे प्रदेशबाट विकास हुन नसक्ने बताएका छन् । दोस्रोपटक विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले प्रदेशबाट विकास हुन नसक्ने भन्दै प्रदेशमा अस्थिरता नल्याउन सांसदहरूलाई अनुरोध गरेका हुन् ।

पुस २७ मा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५६ सांसदको विश्वासको मत पाएपनि चैत १२ गते गठबन्धन दलले समर्थन फिर्ता लिएपछि आज पुनः विश्वासको मत मागेका हुन् । सदनमा सम्बोधनको क्रममा उनले केन्द्रीय गठबन्धनभन्दा फरक ढंगबाट प्रदेशमा समन्वय गरेर जान आग्रह गरे ।

खर्च घटाउने, मन्त्री तथा मन्त्रालय घटाउने, रणनीतिक योजनाका कामलाई प्राथमिकता दिएर काम गर्ने, सबै दलसँग समन्वय गरेर अगाडि बढ्ने यो समयका मुख्य उपलब्धि भएको मुख्यमन्त्री गिरीको भनाई छ ।

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

.