तनहुँमा १८ हजार ६६१ मतगणना हुँदा स्वर्णिम ५ हजार २ सय बढी मतले अग्रस्थानमा, कांग्रेसका उम्मेदवार गोविन्द पछयाउँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएसँगै उम्मेदवार डा.स्वर्णिम वाग्ले ५ हजार २५६ मत अन्तरले अग्रता कायम गरेका हुन् ।

वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन् ।

स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाएका छन् । स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरु रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो । यहाँका ९ वटा वडा कांग्रेसले तथा एमाले र स्वतन्त्रले दुई-दुई वटा वडा जितेका थिए ।

यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । कांग्रेस दोस्रो भएको थियो । तर भानु र आँबुकै वडाहरुबाट स्वर्णिमको पक्षमा बढी भोट खसेको छ । भानुको वडा नम्बर ३ मा स्वर्णिमले ७१४, वडा नम्बर ४ मा ७५९ र वडा नम्बर ८ मा ८५६ मत पाउँदा गोविन्दले ४१८, ४८२ र ४५८ मत पाएका छन् ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.