चितवनका दुई केन्द्रमा मतदान स्थगित

स्टार संवाददाता
स्टार संवाददाता

चितवन । चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ । कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ । भरतपुर महानगरपालिका वडा नं। ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो ।

रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।

यु-१७ र यु-२० राष्ट्रिय फुटबल टोलीको खुल्ला छनोट हुने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१७ र यू-२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ...

सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने : श्रममन्त्री अर्याल

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण...

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर प्रदर्शनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।   पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि उनीहरूले आइतबारदेखि...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

.