‘बारा– २ का विभिन्न मतदान केन्द्रमा जसपाले बुथ क्याप्चर गर्यो’ : सिके राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा–२ मा जनता समाजवादी पार्टीले बुथ कब्जा गरेको आरोप लगाएका छन् । आइतबार मतदान चलिरहेका बेला सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष राउतले बारा–२ का तीन चार ठाउँमा जसपाले बुथ कब्जा गरेको र मानिसहरूलाई डर त्रास देखाउने काम गरेको आरोप लगाएका हुन् ।
जसपाका कार्यकर्ताहरूले आफ्ना कार्यकर्तालाई हिँड्न नदिने नीति लिएका उनले बताएका छन् । उनले भने, ‘बेलडारी, झिटकैयासहित अरु १ २ वटा बुथहरु अहिले पनि कब्जा भएको स्थिति छ । हामीले प्रशासनलाई आग्रह गरेका छौं ।’ अध्यक्ष राउतले देवतालको दुई नम्बर कमहरियामा मेयरका भाईले बुथ कब्जा गरेको समेत आरोप लगाएका छन्। उनले कतिपय बुथमा आफ्ना प्रतिनिधिलाई छिर्न नदिएको समेत गुनासो गरेका छन् ।
अध्यक्ष राउतले प्रशासनलई जानकारी गराउँदा पनि प्रहरीबाट सहयोग नपाएको बताए । बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएका केही मतदान केन्द्रमा आफू पुगेको बताउँदै उनले आफ्नो पार्टीले जित्ने दावी समेत गरेका छन् ।
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...