उपनिर्वाचन : चितवन, बारा र तनहुँमा मतदान सुरु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा मतदान सुरु भएको हो ।

बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हुनेछ।

चितवन-२ बाट विजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी बारा-२ बाट विजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहुँ-१ बाट विजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । बारा-२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धी छन् ।

तनहुँ-१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र राष्ट्रिय स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.