तनहुँ–१ को उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

स्टार संवाददाता
स्टार संवाददाता

तनहुँ । वैशाख १० गते हुने तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको सम्पुर्ण तयारी पूरा भएको छ । मतदानको लागि ६९ वटा मतदान स्थलमा १५२ वटा केन्द्र राखिएको र ती सबैमा कर्मचारी र सुरक्षा निकाय पुगेर काम अगाडि बढाएको निर्वाचन कार्यलय तनहुँका प्रमुख हरि ढकालले बताएका छन् ।

८ गते सर्वदलीय बैठक सबै ठाउँमा राखेको र ९ गते बुथ तयार पार्ने काम भएको ढकालले बताए । सबै तयारी पूरा सँगै १० गते बिहान ७ बजेबाट मतदान सुरु हुने छ । तनहुँ क्षेत्र नं १ मा ५९५४० पुरूष र ६३७६५ महिला गरि १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई स्वच्छ र सान्तिपुर्ण बाताबरणमा सम्पन्न गर्नको लागि निर्वाचन हुने क्षेत्र भित्र अत्यावश्यक बाहेक कुनैपनी सवारी साधन चलाउन नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यलयले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । पृथ्वी राजमार्गको मुग्लिङ देखि दमौली चापाघाट सम्म २ र ३ घण्टाको बिचमा सुरक्षाकर्मिको स्कर्टिङमा यातायात सन्चालन गरिने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । रिजालले तनहुँ क्षेत्र नं १ मा मतदाता भएकाहरुलाई ९ गते नै आ–आफ्नो मतदान केन्द्र सम्म पुग्न आग्रह समेत गरेका छन् ।

पृथ्वी राजमार्गको हकमा स्कर्टिङ बाट सवारीसाधन चल्ने भए पनि भित्री सडक खण्डमा भने सवारीसाधन नचल्ने प्रशासनको भनाइ छ । साथै उक्त दिन एम्बुलेन्स, दमकल, शववाहन, मेडिकल , खानेपानी,दुरसञ्चार जस्ता अत्यावश्यक सवारी साधन भने चल्ने छन ।

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक-२०८१ सर्वसम्मतिले पारित गरेको छ ।   आज बसेको राष्ट्रिय सभा बैठकले...

‘शिक्षा ऐन छिटो निर्माण गर्न अर्डिनेट गर्ने मेरो भूमिका छ’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले लामो समयदेखि थन्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न...

सिमलताल बस दुर्घटनाबारे अध्ययनका लागि कार्यदल बनाउने गृहमन्त्री लेखकको पहिलो निर्णय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । आज मन्त्रीमा नियुक्त भएका...

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।   आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार...

खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।   आज सिंंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर उनले...

स्वास्थ्य मन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।   आज राष्ट्रपति कार्यालय शीतल...

.