‘बाहिर हल्ला गरेजस्तो नेपालको अर्थतन्त्र गम्भीर संकटमा छैन’ : गृहमन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अर्थतन्त्रलाई चलायमान गराएर अघि बढ्न सरकार प्रयासरत रहेको बताएका छन् । शनिबार अनामनगरमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारण सभालाई सम्बोधन गर्दै उनले बाहिर हल्ला गरेजस्तो नेपालको अर्थतन्त्र गम्भीर संकटमा नभएको दावी गरेका हुन् ।
उनले भने, ‘बाहिर हल्ला गरेजस्तो नेपालको अर्थतन्त्र गम्भीर संकटमा छैन तर, समस्या देखिएको छ । यो सुधार हुन्छ, केही कार्यक्रम अघि बढेका छन् ।’ अर्को एक प्रसंगमा उनले शान्ति प्रक्रियाका बाँकी काम तत्काल सक्नुपर्ने बताएका छन् । उनले शान्ति प्रक्रिया सम्पन्न नगरे थप समस्या बढ्ने बताए ।
शान्ति प्रक्रियाका बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नुपर्छ’, उनले भने, ‘यसलाई पूरा हुन नदिन निकै कोसिस भइरहेका छन् । मुलुक शान्ति प्रक्रियामा आएपछि अन्य सबै काम भए पनि शान्ति प्रक्रियाकै काम सम्पन्न नहुँदा समस्या बल्झिने उनले बताए ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...