‘देश निर्माणमा भन्दा पनि नेताहरूको ध्यान पद र कुर्सीतिर छ’ : झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नेतृत्वमा भएको कुर्सीप्रतिको मोहका कारण मुलुकको राजनीतिक र आर्थिक संकटमा परेको बताएका हुन् । शुक्रबार नेपाल नर्सिङ कन्फरेन्समा सम्बोधनमा नेता खनालले नेताहरूको ध्यान देश निर्माणभन्दा पनि पद कुर्सीतिर गएको कारण राजनीतिक र आर्थिक संकट भएको बताएका हुन् ।
उनले भने, ‘देशको निर्माण जुन हिसाबले जानुपर्ने थियो । संविधानको भाग ४ मा व्यवस्था भएबमोजिम देश गएन । अहिले पनि गइरहेको छैन । नेताहरूमा पद कुर्सी कता पाइन्छ त्यतातिर ध्यान छ। कुर्सी र पदका पछि लाग्ने नेतृत्वले देशलाई नयाँ भिजन, नयाँ कार्यक्रम, नयाँ योजना, रूपान्तर दिन सक्दैन। अहिले देश संकटतर्फ गुज्रिरहेको छ। राजनीतिक अस्थिरता र आर्थिक अवस्था त्यस्तै संकटपूर्ण हुँदैछ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनतर्फ लक्षित गर्दै नेता खनालले जनताले पाँच वर्ष सरकार चलाउन मत दिए पनि नेतृत्वले देशलाई स्थिरता चाहिएन भनेर संसद् विघटन गरेको बताएका छन् ।
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...