यमनमा रमजानका लागि दान दिइरहेका बेला भागदौड हुँदा ८५ को मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । यमनको राजधानी सनाको एक स्कुलमा रमजानको अन्तिम दिन आर्थिक सहायता वितरणको कार्यक्रममा भागदौड हुँदा ८५ जनाभन्दा बढीको मृत्यु भएकाे छ । भने ३ सय भन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् २०१५ मा देशको सरकार राजधानी सनाबाट हटेका कारण त्यहाँ हुथी विद्रोहीका नियन्त्रण छ । सन् २०१५ देखि यमनमा युद्ध जारी छ । सोही वर्ष हुथी विद्रोहीले राजधानी सनाको ठुलो हिस्सा आफ्नो नियन्त्रणमा लिएर सरकारलाई हटाएका थिए ।

हुथी सेनाको मातहातमा रहेको गृहमन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार स्थानीय अधिकारीहरूसँग समन्वय नगरी कार्यक्रम आयोजना गरिएको कारण उक्त घटना घटेको हो । एसोसिएटेड प्रेसले दुई प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै जनाएअनुसार हुथी सैनिकले भिडलाई नियन्त्रण गर्नका निमित्त हवाई फायर गरेसँगै बिजुलीको लाइनमा विस्फोट भएपछि भागदौड सुरू भएको थियो ।

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

.