‘सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउनेछ’ : अर्थमन्त्री महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएको बताएका छन् । बुधबार ऊर्जा सम्मेलनको समापन समारोह सम्बोधनमा ऊर्जामा लगानीकर्तालाई आकर्षितसमेत गरेको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘ऊर्जाको सम्भावना देखेर नै निजी क्षेत्रका लगानीकर्ता हाइड्रोमा आकर्षित भएका हुन् । यो हाम्रा लागि खुशीको खबर हो । सरकारले लगानीको प्राथमिकतामा ऊर्जालाई लिएको हुनाले यसमा आएका समस्या समाधान गर्न सरकार तयार छ । लगानीकर्तालाई इन्सेन्टिभ दिन तयार छौं । सरकारले विद्युत भारत निर्यात गर्ने संयन्त्र बनाउनेछ । विद्युतका लागि बंगलादेश अर्को ठूलो बजार हो । बंगलादेशसँग विद्युत व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिनेछ । विश्व बैंक जस्ता ठूला लगानीकर्ताहरु समेत नेपालका ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् ।’
निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीले ऊर्जामा राम्रो भएको बताउँदै उनले ऊर्जा नेपालको गतिलो आम्दानीको स्रोत भएको औंल्याए । विद्युत उत्पादनमा लगानी गर्न इच्छुक अन्य धेरै कम्पनीहरु पाइपलाइनमा रहेको उनले जानकारी दिए । यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने औंल्याउँदै उनले घरायसी प्रयोजनलगायत अन्य क्षेत्रबाट विद्युत खपत बढाउन सकिने बताए ।
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...
एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने निर्वाचनमा सत्ता...