सरकारी विद्यालयको गुणस्तर सुधार्न सांसद आरजुको ५ सुझाव : ‘विद्यार्थी भर्नादर बढाउन आवश्यक छ’


काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले सरकारी विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय व्यवस्थापन समिति गठनमा सुधार गर्न आवश्यक रहेको बताएककी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच उपाय सुझाउदै यस्तो बताएकी हुन् ।
उनले भनिन् ‘विद्यालय व्यवस्थापन समितिको गठनमा धेरै राजनीति भएको देखिएको छ । व्यवस्थापन समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अध्यावधिक गर्नुपर्छ । देशभरका आधारभूत विद्यालयमा अंग्रेजी भाषाबाट पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति नियम र स्रोत साधनको सुनिश्चितता गरिनुपर्छ । यस शिक्षाबारे संघ प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट गरिनुपर्छ । अंग्रेजी भाषामा अध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने उनको सुझाव छ ।’ विद्यार्थी भर्नादर बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
यसका लागि समाजका सबै पक्षले ध्यान दिनुपर्ने उनको सुझाव छ । शिक्षामा कुन तहको सरकारको के कति अधिकार र क्षेत्राधिकार हो भनी निक्र्योल गरिनुपर्ने पनि उनको सुझाव छ । विद्यार्थीले प्राप्त गर्ने नतिजाका आधारमा शिक्षक र विद्यालयको मुल्याङ्कन गर्नुपर्ने उनको प्रस्ताव छ । संविधानमा शिक्षालाई नैसर्गिक अधिकारको रुपमा स्थापित गरिएको भए पनि व्यवहारमा लागू गर्न धेरै नीतिरनियमहरु बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारी विद्यालयको शिक्षा पुनरावलोकनका लागि सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई समेत आग्रह गरेकी छन् ।
‘
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...