बागमती प्रदेश सरकारको सय दिन : छैन नयाँ योजना, पुरानै कार्यक्रमको निरन्तरता


काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले ‘हनीमुन पिरियड’को रुपमा मानिने १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।
जम्कट्टेल गत २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । जम्कट्टेल सरकारले १०० दिन पुरा हुँदा पनि कुनै नयाँ काम गर्न सकेको छैन् ।
तत्कालीन सत्ता साझेदार दल एमाले तथा राप्रपाले सरकार छाडेपछि कांग्रेससँगको सहकार्यमा सत्ता सञ्चालन गरिरहेका मुख्यमन्त्री जम्कट्टेलले १०० दिनमा सरकारको कामको पत्रकार सम्मेलन मार्फत मंगलबार साँझ सार्वजनिक गरेका छन् ।
सरकारले १०० दिनको अवधिमा विगतका निरन्तर चलेका कार्यक्रम बाहेक नयाँ तथा विशेष योजनाहरु सञ्चालन, सुभारम्भ गर्ने कुनैपनि कार्यहरु गर्न नसकेको मुख्यमन्त्रीले प्रस्तुत गरेको उपलब्धीमा उल्लेख भएको छ ।
१०० दिने उपलब्धी सार्वजनिक गरेपछि पत्रकारको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री जम्कट्टेलले केहि नयाँ गर्ने प्रयास गरिएको र आउँदो आर्थिक वर्षबाट सबैले थाहा पाउने गरी नयाँ, गौरवका योजनाहरुमा काम हुने बताएका छन् ।
‘वर्तमान सरकार चीनसँग सहयोग लिन डराउछ’
काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’...
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...