सरकारी कागज किर्ते गरेको आरोपमा न्यायाधीस भुवन गिरीकी पत्नी आरती पक्राउ

काठमाडाैं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पनि पक्राउ परेकी छन् । सरकारी कागज किर्ते मुद्दामा फरार आरती बाँकेको नेपालगन्जबाट पक्राउ परेकी हुन् ।
न्यायाधीश गिरीमाथि बैवाहिक बलात्कारको मुद्दा दर्ता गराएकी गिरी पत्नी आरतीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार पक्राउ गरेर सरकारी कागज किर्ते गरेको अर्को मुद्दामा पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
बाँके जिल्ला अदालतबाट सरकारी कागज किर्तेमा पक्राउ पुर्जी जारी भए पनि उनी लामो समयसम्म फरार थिइन् ।
कपिलवस्तु अदालतमा रहेका गिरी काज सरूवा मिलाएर न्याय परिषद काठमाडौंमा गएको समयमा एक साताअघि पक्राउ परेको थिए । रावललाई सोमबार अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो ।
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...