लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ गते पुनः विश्वासको मत लिने

स्टार संवाददाता
स्टार संवाददाता

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले दोस्रोपटक विश्वासको मत लिने भएका छन् । ११ गते बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा गिरीले विश्वासको मत लिने भएका हुन् ।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए । राष्ट्रपतिको चुनावसंगै केन्द्रमा बदलिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका १० दलमध्ये ८ दल र एक जना स्वतन्त्र समेत ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । अहिले एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

नेता खनाल र चिनियाँ राजदूत छेनबीच भेटवार्ता

 काठमाडौं । चिनियाँ राजदूत छेन सङले नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।   नेकपा...

.