मेन्छियाम हाइड्रोपावरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ निष्कासन


काठमाडौं । मेन्छियाम हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका आइपीओ निष्कासन गरेको छ । कम्पनीले वैशाख ४ गते सोमबारदेखि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको हो ।
यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ । त्यस्तै, ५५ अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...