आन्तरिक राजस्व संकलन गत वर्षको तुलनामा न्यून

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्ब रुपैयाँले न्यून देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व संकलन तीन खर्ब ३७ अर्ब १० करोड २० लाख रुपैयाँ बराबर छ । गत आवको सोही अवधिमा सरकारले तीन खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ बराबर कर उठाएको थियो । अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो ।

गत आवको सुरुआती नौ महिनाको आन्तरिक राजस्व संकलनको तुलनामा चालु आवको सोही अवधिमा पाँच अर्ब ५५ करोड ६६ लाख रुपैयाँ कम कर उठेको छ । जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो । चालु आवको चैत मसान्तसम्ममा सरकारले एक खर्ब ५० अर्ब २० करोड रुपैयाँ बराबर आयकर उठाएको छ । जबकी गत आवको यही अवधिमा एक खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ आयकर संकलन भएको थियो ।

नौ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट संकलन) ७८ अर्ब ८९ करोड ६५ करोड रुपैयाँ बराबर छ । अन्त:शुल्कतर्फ ७४ अर्ब २८ करोड ९२ लाख रुपैयाँ बराबर असुली भएको छ । यही अवधिमा घरबहाल करतर्फ एक अर्ब ९७ करोड रुपैयाँ , स्वास्थ्य सेवा करतर्फ पाँच अर्ब २५ करोड रुपैयाँ र शिक्षा करतर्फ एक अर्ब २६ करोड रुपैयाँ बराबर उठेको विभागको तथ्यांकबाट देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्ममा कूल सरकारी राजस्व संकलन भने वार्षिक लक्ष्यको ४७ दशमलव ६७ प्रतिशत बराबर मात्रै देखिएको छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म सात खर्ब २४ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ बराबर मात्रै राजस्व संकलन भएको देखिएको हो ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.