पाकिस्तानलाई एक अर्ब ३० करोड डलर सहयोग दिने युएई र चीनको प्रतिबद्धता

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पाकिस्तानले शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र चीनबाट कुल एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको घोषणा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) का अर्थमन्त्री इशाक डारले पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउनका लागि एक अर्ब डलरको प्रतिबद्धता जनाएको बताएका छन् ।

डारका अनुसार चीनले शुक्रबार पाकिस्तानलाई ३० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । ‘युएईका अधिकारीहरूले पाकिस्तानलाई एक अर्ब अमेरिकी डलरको द्विपक्षीय सहयोगको लागि आईएमएफलाई जानकारी गराएका डारले ट्वीटरमार्फत् जानकारी गराएका छन् ।

उनले देशको केन्द्रीय बैंकले निक्षेप प्राप्त गर्नका लागि कागजात तयार गरिरहेको जानकारी दिए ।

पाकिस्तानले सन् २०१९ मा आईएमएफसँग ६.५ अर्ब डलरको बेलआउट प्याकेजमा हस्ताक्षर गरेको थियो, तर पटक-पटक शर्तमा पछि हटेको छ र अहिलेसम्म तीन अर्ब डलर मात्र जारी भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २२ करोड जनसङ्ख्या भएको आणविक शक्ति सम्पन्न राष्ट्रले आफ्नो दयनीय आर्थिक अवस्थाका कारण कम कर आधार बढाउनुपर्ने, निर्यात क्षेत्रका लागि कर छुटको अन्त्य गर्नुपर्ने र कम आय भएका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम रूपमा पेट्रोल, बिजुली र ग्याँसको मूल्य बढाउनुपर्नेमा जोड दिएको छ ।

पाकिस्तानको अर्थतन्त्र राजनीतिक सङ्कटसँगै धराशायी भएको छ । पाकिस्तानी रुपैयाँमा गिरावट आएको छ । मुद्रास्फीति दशकौंको उच्च स्तरमा पुगेको छ । जबकि विनाशकारी बाढी र ऊर्जाको ठूलो अभावले थप आर्थिक दबाब सिर्जना गरेको छ ।

गत वर्षको मार्चमा वार्षिक मुद्रास्फीति ३५.३७ प्रतिशत पुगेको थियो, जुन करिब पाँच दशकयताकै उच्च हो भने गत वर्षको औसत मुद्रास्फीति दर २७.२६ प्रतिशत थियो ।

दक्षिण एसियाली राष्ट्रको विशाल राष्ट्रिय ऋण (हाल २७४ अर्ब अमेरिकी डलर वा कुल गार्हस्थ्य उत्पादनको करिब ९० प्रतिशत) र यसलाई पूरा गर्ने अन्तहीन प्रयासले पाकिस्तानलाई विशेष गरी आर्थिक झट्काको चपेटामा पारेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

ट्वान्टी-२० शृंखला : अस्ट्रेलियामाथि भारतकाे जित

काठमाडाैं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ६ रनले पराजित गरेको छ ।   बैंग्लोरस्थित चिन्नास्वामी रंगशालामा...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

भारतकाे तीनवटा विधानसभा निर्वाचनमा भाजपाकाे अग्रता 

काठमाडाैं । भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)मा अग्रतामा आएको छ । भाजपाले मध्य प्रदेश,राजस्थान र छत्तीसगढमा...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

.