बजेटमा विकृति : गत वर्ष पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर


काठमाडौं । सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति र वर्षान्त खर्चबारे गम्भीर प्रश्नसमेत उठाएको हो ।
गत आर्थिक वर्ष २०७८/७९ मा सरकारको कूल पूँजीगत खर्च दुई खर्ब १६ अर्ब रुपैयाँ बराबर थियो । जबकि, सरकारले विभिन्न योजना तथा कार्यक्रमका लागि गरेको रकमान्तर मात्रै दुई खर्ब रुपैयाँ हाराहारी छ । गत आर्थिक वर्षका लागि सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । सोमध्ये एक खर्ब ९६ अर्ब ४१ करोड ४८ लाख ८४ हजार रुपैयाँ अर्थात कुल बजेटको १२ दशमलव ०३ प्रतिशत रकमान्तर भएको देखिन्छ ।
सरकारले गत वर्ष अर्थ विविध शीर्षकमा मात्रै एकमुष्ट ८८ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबर विनियोजन भएको थियो तर रकमान्तर गर्दा सरकारले विभिन्न बजेट उपशीर्षकबाट १५ अर्ब ७२ करोड ८१ लाख रुपैयाँ रकम चलाएको देखिन्छ । त्यस्तै, वार्षिक बजेटमा राखिएका शीर्षक बाहेक थप ७९ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बराबर रकमान्तर भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले ठूलो मात्रामा गरेको रकमान्तरमध्ये अधिकांश रकम आर्थिक वर्ष सकिने बेला अर्थात असारमा भुक्तानी दिइएको छ । ‘गत असार महिनामा ८२ अर्ब ८० करोड ६७ लाख ८५ हजार रुपैयाँ र असारको अन्तिम हप्तामा मात्र २६ अर्ब ९९ करोड ६९ लाख ९१ हजार रुपैयाँ बराबर रकमान्तर भएको देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।
गत आर्थिक वर्षमा सरकारले विभिन्न १० वटा योजना तथा कार्यक्रमका लागि दुई अर्ब ९७ करोड ११ लाख ११ हजार रुपैयाँ बजेट रकमान्तर गरेको देखिन्छ । जसमध्ये ती योजना र कार्यक्रमको वास्तविक खर्च भने दुई अर्ब २३ करोड ३९ लाख ७३ हजार रुपैयाँ बराबर छ ।
‘आर्थिक वर्ष २०७८/७९ को असार महिनामा मात्रै दुई खर्ब ७५ अर्ब नौ करोड २५ लाख रुपैयाँ अर्थात वर्षभरिको कूल खर्चको २१ प्रतिशत असारमा मात्रै खर्च भएको देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘असारमा खर्च भएको रकममा पनि अन्तिम हप्तामा मात्र ९८ अर्ब ९९ करोड ७१ लाख ८१ हजार रुपैयाँ अर्थात कूल खर्चको सात दशमलव ५६ प्रतिशत खर्च भएको छ ।’
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...
एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...