बैतडीमा जीप दुर्घटना : एकै गाउँका ६ को मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका-८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका-५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नंको जिप मङ्गलबार राति ११ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका छन् । बाह्र जना सवार जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.