‘सरकारले पूर्णता पाएपछि व्यवस्थित र परिणाममुखी ढंगले काम गर्छौ’ : गृहमन्त्री श्रेष्ठ

स्टार संवाददाता
स्टार संवाददाता

भैरहवा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन सरकारले पूर्णता पाएपछि अत्यन्तै व्यवस्थित र परिणाममुखी ढंगले काम गर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले सरकारले लिएको लक्ष्य पूरा गर्न  बताएका हुन् ।

उनले सुशासन र समृद्धिका लागि सरकारले काम अघि बढाएको बताए । उनले अर्थतन्त्रमा केही समस्या देखा परेको र समस्यालाई समाधान गर्दै अर्थतन्त्रलाई लयमा ल्याउन सके समृद्धिमा फड्को मार्न सकिने बताए । गृहमन्त्री श्रेष्ठले अर्थतन्त्रको समस्या पहिचान गर्ने र समाधानका उपायका बारेमा छलफल गरेर निष्कर्षमा पुग्नेमा प्रधानमन्त्री प्रचण्डले पहलकदमी गर्नुभएको बताएका छन् । 

अहिले राष्ट्रिय महत्त्वका चार वटा कार्यभार पूरा गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय एकतालाई सुदृढ गर्ने, ठुलो बलिदानपूर्ण संघर्षबाट प्राप्त ऐतिहासिक राजनीतिक परिवर्तन तथा उपलब्धिलाई रक्षा गर्ने, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र सामाजिक तथा आर्थिक रूपान्तरण एवं आम मानिसको जीवनमा परिवर्तन ल्याउनुपर्ने उनको भनाई थियो  । आफूले गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि आन्तरिक र बाह्य सुशासनमा ध्यान दिएको बताएका छन्  । 

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.