फ्लाई ओभर बनाउँदा इटहरीको सौन्दर्य कायम राख्न स्थानीयको माग

स्टार संवाददाता
स्टार संवाददाता

इटहरी । पूर्व पश्चिम राजमार्ग विस्तार आयोजनाको डिपिआरमा स्थानीयले ड्यामको विकल्प खोज्नु पर्ने माग गरेका छन् । स्थानीयले इटहरीको मुख्य क्षेत्रमा ड्याम सहितको फ्लाइ ओभर बनाउने विषय समेटिएको भन्दै ड्यामको विकल्प खोज्नु पर्ने  माग गरेका हुन् । 

 फ्लाई ओभर बनाउँदा इटहरीको सौन्दर्य , आवागमन सहजता, व्यवसायीक क्रियाकलापमा प्रतिकुल असर नपर्ने गरी बनाउनु पर्नेमा  स्थानीयको जोड छ । काँकडभिट्टा देखि लौकही सम्मको सडक विस्तार आयोजना अन्तर्गत सडक विस्तार गर्दा इटहरीमा फ्लाई ओभर बनाउने भन्दै इटहरीका ६ सय जनाले हस्ताक्षर गरेर इटहरी उपमहागरपालिका सहित सम्वन्धीत निकायहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।  इटहरीको मुख्य क्षेत्रको राजमार्गमा दुवैतिर दिवाल लगाएर माटो पुरिदा इटहरीको सौन्दर्यता हराउने लगायतका विषयहरूलाई मध्यनजर गर्दै  निर्माण कार्यमा सहजीकरण गरिदिन उपमहानगरपालिकामा ६ सय जनाको हस्ताक्षरसहित ज्ञापन पत्र बुझाएका हुन् ।  

स्थानीयको ज्ञापन पत्र बुझ्दै इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले ड्याम बनाएर माथिबाट गाडी कुदाउँदा सहर सकिने भन्दै यसलाई संशोधन गराउन नगरले नै नेतृत्व लिने जनाएका छन्  ।  इटहरीको मुख्य चौक क्षेत्रमा निर्माण हुने भनिएको फ्लाई ओभर निर्माण गरिदा पिल्लरवाला बनाएर मुनीको भाग खाली छोडिनु पर्ने स्थानीयको माग रहेको छ । हाइवेको अहिले ठेक्का लाग्न लागेको संरचनाले इटहरीलाई आर्थिक क्षति हुने भन्दै इटहरी उपमहानगरले आयोजनालाई डिजाइन परिमार्जन गर्न आग्रह गरेको थियो । तर आयोजनाले धेरै लगानी लाग्ने भन्दै परिमार्जन गर्न असम्भव रहेको पत्र पठाएको छ ।

सुनसरी, मोरङ र झापा गरी तीन जिल्ला भएर जाने यो सडक खण्डको अधिकार क्षेत्र ५० मिटरको हुनेछ । आयोजनाबाट १२ वटा नगरपालिका, चार वटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने छन् । 

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

.