भरतपुर अस्पतालमा नक्कली पीसीआर रिपोर्ट

स्टार संवाददाता
स्टार संवाददाता

चितवन । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ । अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको अस्पतालले एक विज्ञप्तिमार्फत जनाकारी दिएको हो ।

अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । रिएजेन्ट अभावका कारणले कोरोना परीक्षण रोकिएको हो । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ ।

तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गरेको छ । अस्पतालले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन समेत आग्रह गरेको छ ।

राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक-२०८१ सर्वसम्मतिले पारित गरेको छ ।   आज बसेको राष्ट्रिय सभा बैठकले...

‘शिक्षा ऐन छिटो निर्माण गर्न अर्डिनेट गर्ने मेरो भूमिका छ’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले लामो समयदेखि थन्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न...

सिमलताल बस दुर्घटनाबारे अध्ययनका लागि कार्यदल बनाउने गृहमन्त्री लेखकको पहिलो निर्णय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । आज मन्त्रीमा नियुक्त भएका...

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।   आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार...

खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।   आज सिंंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर उनले...

स्वास्थ्य मन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।   आज राष्ट्रपति कार्यालय शीतल...

.