सांसदहरूको प्रश्न : जनताले एउटा टहरा बनाउँदा खोज्ने महानगर, १६ तले भवन बानाउँदा चै के हेरेर बस्यो ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले ललितपुरको कुपण्डोल हाइटमा मापदण्ड विपरीत समिट होटल निर्माण गर्नेहरूमाथि कारबाही गर्न माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद शाहले यति ठूलो भवन बन्दा समेत महानगरले कुनै चासो नदिएको भन्दै आपत्ति जनाएका हुन् ।
शाहले भने, ‘जनताले एउटा टहरा बनाउँदा समेत खोज्ने महानगरले १६ तले भवनको बानाउँदा समेत के हेरेर बस्यो ? आम नागरिकको उठीबास हुने अवस्था छ ।’ यो घटनाको छानबिन होस् ।’ राप्रपाकी सांसद रोशन कार्कीले समेत आपत्ति जनाउँदै संलग्नलाई कारबाही गर्ने माग गरेकी छन् । उनले गत वर्षको सरकारको निर्णयका कारण यस्तो भएको दाबी गरिन् ।
चौधरी समूहका अध्यक्ष तथा सांसद् विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहको लगानीमा अपार्टमेन्ट होटल बन्न लागेको हो । ६ अर्ब रुपैयाँ लगानीमा ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’ नाममा बन्न लागेको यो परियोजनामा १३० कोठाको पाँचतारे होटल मात्र होइन, १६० युनिट लक्जरी अपार्टमेन्ट हुनेछन् । यसका लागि ७ देखि १६ तलासम्मका ७ वटा संरचना बनाइँदै छ । यही संरचनाका कारण गत शुक्रबार वरपरको जमिन भासिएको थियो ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...