वीरगन्ज नर्सिङ क्याम्पसका प्रमुखद्धारा छात्राहरुमाथि गालीगलौज र हातपात

स्टार संवाददाता
स्टार संवाददाता

वीरगन्ज । वीरगन्ज नर्सिङ क्याम्पसका छात्राहरुलाई क्याम्पस प्रमुखले गालीगलौज गर्दै हातपात समेत गरेकी छन् । आइतबार राति वीरगन्ज ४ विर्ता स्थित उक्त क्याम्पस प्रमुख जमुना भट्टराईले क्याम्पसका छात्राहरुलाई गाली बेइज्जती गर्दै हातपात समेत गरेकी हुन् ।

चैत ५ मा भएको स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघले क्याम्पस प्रमुखको कार्याकक्षमा चैत ६ गते तालाबन्दी गरेको थियो । क्याम्पस प्रमुखको कार्यकक्षको ढोकामा नेविसंघले लगाएको ताल्चा आइतबार राति क्याम्पस प्रमुख भट्टराइले जबरजस्ति तोड्नुका साथै टाँसेको विज्ञप्ति पनि च्यातेर फालेपछि नेविसंघ समर्थित छात्राहरुले प्रतिवाद गरेका थिए । त्यहि क्रममा क्याम्पस प्रमुख भट्टराइले उग्रशैलीमा तथानाम गालीगलौज गर्दै आफुहरुमाथि हातपात पनि गरेको नेविसंघकी क्याम्पस इकाई सभापति सविना सुनारले बताइन् ।

आइतबार राति क्याम्पस प्रमुख भट्टराइले छात्राहरुसंग गरेको हातपात र दुव्र्यवहारको घटनाले आफुहरु क्याम्पस र होस्टेल भित्र असुरक्षित भएपछि सुरक्षाको माग गर्दै आइतबार राति नै वडा प्रहरी कार्यालय वीर्तामा गएर क्याम्पस प्रमुख भट्टराई विरुद्ध ठाडो उजुरी दिएको सुनारले बताइन् । क्याम्पस प्रमुख जमुना भट्टराईले छात्राहरुलाई गालीगलौज र हातपात गरेको भिडियो सामाजिक सन्जालमा भाइरल पनि भएको छ । उक्त भिडियोमा निक्कै आक्रोशित मुद्रामा प्रस्तुत हुदै क्याम्पस प्रमुख भट्टराइले छात्राहरुलाइ गमहला उठाएर हान्न खोजेको , केहि छात्रालाई हातले हिर्काएको , तथनाम गाली गलौज गरेको दृश्यहरु देखिन्छ ।

चैत ५ मा नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एक सदस्य बाहेक सभापति सहित सबै पदमा अनेरास्ववियुकै उम्मेदवार विजयी भएका थिए ।चुनावको नतिजा आएको भोलिपल्टै बिहान चैत ६ गते नेविसंघ इकाइ समितिले निर्वाचनमा क्याम्पस प्रमुख भट्टराईले एमालेको कार्यकर्ताका रुपमा खटेर धाँधली गरेकाले उनको राजीनामा माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

.