नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक भक्तपुरको बिस्केट जात्रा मनाइँदै


भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्केट जात्रा आज देखि सुरु भएको छ । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्का जात्रा आजबाट देखि सुरु भएको हो ।
जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ । सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पुर्याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहँदै आएको छ । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिइन् । उनले भनिन्, “पूजापछि भैरवको रथ तान्न सुरु गरिने छ, यस वर्ष छिट्टै रथ तानेर गहिटी पुर्याउने लक्ष्य छ ।”
पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । विगत वर्षमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्याउने चलन थियो ।
यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु देवता तल सवारी हुने भनिन्छ । स्थानीय भाषामा बिस्का भनिने यो जात्रा जिब्रो छेड्ने जात्राको रूपमा पनि यो चर्चित छ । जात्राको ऐतिहासिक पक्षका सवालमा भने थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइन्छ । इतिहासकारहरू भने भने ‘बि’ को अर्थ भएको र पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्ष आगमनको प्रतीक बिस्का भएको बताउँछन् ।
जात्रा बिषेशत भक्तपुरमा तथा धापासि, तोखा र थिमिमा वार्षिक रूपमा मनाइने पर्व हो । बिस्केट जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्व सन्ध्यामा ठड्याइन्छ । पचपन्न हात लामो उक्त ल्योसिं तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ढालिन्छ । ल्योसिं ठड्याउनुअघि ल्योसिंको कोखा टुप्पोमा नाग र नागिनीको प्रतीक स्वरूप दुई वटा ध्वजा बाँधेर अष्ट मातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त ल्योसिं ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर ल्योसिं ढालिन्छ ।
ल्योसिंको कोखामा झुन्ड्याइएका दुई वटा ध्वजालाई वीर ध्वजा, विश्व ध्वजा, र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको ल्योसिं हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बत्ताउँछन् ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...