विज्ञप्तिमा ढाकाको सचिवालयले लेखेकाे छ : आवाज सम्पादन गरेर नियोजित षड्यन्त्र गरेका मुद्दा हालिन्छ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाका कुमार श्रेष्ठको सचिवालयले योजनाबद्ध रूपमा सांसद श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको बताएको छ । आइतबार राति विज्ञप्ति जारी गर्दै सांसद श्रेष्ठको सचिवालयले आवाज सम्पादन गरेर नियोजित रूपमा श्रेष्ठविरुद्ध षड्यन्त्र गरिएको दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७९/१२/२६ गते एक अनलाईन मिडियाले मा. डा. ढाका कुमार श्रेष्ठ र अर्को एक जना ब्यत्ति बिच फोन सम्वाद गरेको र सो संम्वादमा बोलेका अभिब्यक्तिहरु मा डा ढाका कुमार श्रेष्ठ नभएको र सो आवाज सम्पादन (इडिट) गरी नियोजित रुपमा मा डा ढाका कुमार श्रेष्ठ को राजनैतिक भविश्य लक्षित गरि गरिएको षडयन्त्र हो।’

‘अडियोमा भनेको जस्तो मा डा ढाका कुमार श्रेष्ठ लाई मन्त्री बनाउने कुरो पार्टीमा नउठेको हुदा, यो योजना बद्ध ढंगले मा डा ढाका कुमार श्रेष्ठ को इज्जत, मान, मर्यादा लाई गिराउन केही समुहहरु हात धोयर लागेको प्रस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भ्वाईस राख्ने मिडिया प्रति बिधुतिय ऐन २०६४ अनुसार कडा भन्दा कडा कारबाहीको प्रकृयामा अगाडी बढ्ने जानकारी गराउदै सम्पूर्ण आफन्त, साथी, भाई, शुभचिन्तकहरुमा माडा ढाका कुमार श्रेष्ठ निस्वार्थ, इमान्दार, कर्मथ एक ब्यक्तित्व रहनु भएकोले यो नियोजित कपोकल्पित भ्रमको पछी नपरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ । र सिघ्र सत्य तथ्य छानविन गरी सत्य कुरा बाहिर ल्याउने छौ भनिएकाे छ ।


‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.