अर्थमन्त्री र युरोपियन युनियन राजदूतबीच भेटवार्ता, दक्ष मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्ने


काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत र युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेजबीच भेटवार्ता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफलको हो ।
उक्त भेटमा अर्थमन्त्री महतले युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक रहेको बताएका हुन् । उनले युरोपियन युनियनको सहयोग नेपालका लागि महत्वपूर्ण रहेकाले ऊर्जा, भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको विकास गर्न नेपालले चाहेको विषयमा छलफल केन्द्रित रहेको बताएका हुन् ।
समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न यूरोपियन युनियन उत्साहित भएको अर्थमन्त्रीको भनाइ छ । गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जाको क्षेत्रमा युरोपियन युनियनले सहयोग उपलब्ध गराइरहेको छ ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...