‘कर्णालीमा माओवादी नेतृत्वकै सरकार हुन्छ, केन्द्रले छिट्टै निर्णय गर्नेछ’ : जनार्दन शर्मा


सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सरकारमा कांग्रेससँग नै सहकार्य हुने बताएका छन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले प्रदेशमा देखिएका उल्झन केन्द्रीय गठबन्धनले सुल्झाउने र कर्णाली प्रदेश सरकारमा कांग्रेससँग नै सहकार्य हुने बताएका हुन् ।
उनले भने, ‘केन्द्रको गठबन्धन अनुसार नै कर्णाली सरकारलाई नयाँ दिशा दिनुपर्ने आवश्यकता छ । मैले आज बिहान मात्रै जीवनबहादुर शाही जीसँग पनि मिटिङ गरेँ । प्रारम्भिक छलफलमा छिट्टै नयाँ स्वरूप दिने गरी सहमति भएको छ । यो अलमल छिट्टै अन्त्य गरेर सरकारलाई अगाडि बढाउँछौं । कर्णालीको सन्दर्भमा हाम्रै सरकार हुन्छ । गठबन्धनका अन्य दलहरू सरकारमा सहभागी हुन्छन् । यसको निर्णय केन्द्रीय गठबन्धनले नै गर्छ ।’
चुनावताका प्रचण्डले मुख्यमन्त्रीका लागि कांग्रेसलाई वचन दिएको सन्दर्भमा पत्रकारको प्रश्नमा शर्माले कर्णालीमा माओवादी नेतृत्वकै सरकार हुने बताए । नेता शर्माले माओवादीकै एजेण्डामा देश अघि बढे पनि पार्टी कमजोर हुनुलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार...
एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे
काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ...
माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् । शुक्रबार...
त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ । भन्सार...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...