भूगोल इनर्जीको १० लाख ८८ हजार कित्ता आइपीओ निष्कासन, चैत २७ गतेसम्म आवेदन दिन सकिने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ निष्कासन गरेको छ । कम्पनीले बिहीबार चैत २३ गतेदेखि सर्वसाधारणका लागि १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ निष्कासन गरेको हो ।

यो मध्ये १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसमध्येबाट बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले चैत २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको हो । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ ।

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

नेता खनाल र चिनियाँ राजदूत छेनबीच भेटवार्ता

 काठमाडौं । चिनियाँ राजदूत छेन सङले नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।   नेकपा...

.