नागरिकको भरोसा र विश्वासलाई कायम राख्ने गरी काम  गर्ने गृहमन्त्री श्रेष्ठको निर्देशन  

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै  गुणात्मक वृद्धिका लागि दृढ भई कारबाही गर्न  निर्देशन दिएका छन्  ।  सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  विभिन्न कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।  

निरीक्षण भ्रमणका क्रममा  गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोली ग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका थिए ।  उनले ‘सत्य सेवा सुरक्षणमा’ को मूल मन्त्रलाई आत्मसात् गरी सेवा भावबाट ओतप्रोत भई नागरिकको जिउ धनको सुरक्षा र अमन चयन कायम गर्न अहोरात्र खटिएर प्रहरी सेवा प्रदान गर्न गरिएका प्रयास अत्यन्तै सराहनीय रहेको चर्चा गरेका छन् ।  उनले भने, ‘तपाईँहरूले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको छ । स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’  

गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आम नागरिकलाई न्याय र आत्म सम्मानको अनुभूति गराउन ऐन  कानुनले निर्दिष्ट गरेका जिम्मेवारीहरूलाई पूर्ण पालना गरी कानुनी राज्यको प्रत्याभूति दिन निर्देशन दिएका छन्  । कुनै पनि अवाञ्छित दबाब र चलखेलमा नपरी सङ्गठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई कार्य गर्नुपर्ने बताएका हुन् ।  पेसागत मर्यादा र प्रतिष्ठालाई कायम गर्दै संविधान र कानुनले सङ्गठनलाई दिएको जिम्मेवारी पूरा गर्न निर्भीकता पूर्वक सिर्जनात्मक ढङ्गले दायित्व निर्वाह गर्न उनको भनाई थियो । 

प्रचण्डले पाएनन् विश्वासको मत, डेढ वर्षपछि प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

.