राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री सुनील थापा नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता सुनील थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले बिहीबार आफूलाई सल्लाहकारको पत्र दिएर राजनीतिक सल्लाहकारमा नियुक्त गरेको थापाले जानकारी दिएका छन् । राष्ट्रपति पौडेलले यसअघि आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए ।
कांग्रेसका पूर्वसहमहामन्त्री थापा हाल पार्टी केन्द्रीय सदस्य छन् । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिसकेका छन् ।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...
एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...