तीन मन्त्रालय नपाए सरकारमा नजाने नेकपा एसको निर्णय


काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको केन्द्रीय सचिवालय बैठकले आफुले भनेझै मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले भनेझैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्ने गरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं । नामहरु सबै छन् । तीन मन्त्रालय पाएपछि कुन नाम कसरी दिने भन्ने तयार नै छौं । तर, तीन मन्त्रालय नदिएसम्म हामी नाम खुलाउँदैनौँ ।’
प्रवक्ता खतिवडाले अहिले आफूहरु एक नभएर तीन जना मन्त्रीको नाम दिन तयार भएर बसेको बताएका छन् । उनले आफूहरुले धेरै कुरा त्याग गरेको भएकाले अहिले तीन मन्त्रालय पाउने ठाउँ नजिक पुगेको बताएका हुन् ।
आज बिहान बालुवाटारमा गठबन्धनको बैठकपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच एक्ला एक्लै छलफल भएको थियो । त्यस क्रममा नेपालले ३ मन्त्रालयमा अडान कायम राखेपछि प्रधानमन्त्रीले आज बेलुकासम्म एकजनाको भए पनि नाम दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीले नेकपा एसलाई ३ मन्त्री दिन सकारात्मक भए पनि सबैलाई बाँड्दा २ मन्त्रालयभन्दा माथि जान नसकिने देखिएको छ ।
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...