‘अध्यक्ष माधवकुमार नेपाल लाज नभएको मान्छे हो’ : केपी ओली

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले पहिलेदेखि नै बेइमानी गर्नसक्छ भन्ने कुरा आफूले सानैदेखि थाहा पाएको बताएका छन् । सोमबार मिसन ग्रास रुटअन्तर्गत गुल्मीमा पुगेका ओलीले यस्तो बताएका हुन् । उनले संविधान बनाएपछि एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि कांग्रेसले नमानेको बताए ।

उनले भने, ‘म राजनीतिमा लागेको ५८ वर्ष भयो । सानैदेखि कांग्रेस बदमास छ, फटाहा छ भन्ने कुरा थाहा पाएको हो । हामीले अरु पनि विकल्प तयार गरेको भएकाले त्यसबेला कांग्रेस र सुशील कोइरालालाई पराजित गर्न सक्यौं र सरकार बनायौं ।’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लाज नभएको मान्छे भएको उनले टिप्पणी गरेका छन् ।

ओलीले भने, ‘नाम एकीकृत समाजवादी राखेका छन् । पार्टी चैं फाटोवादी पूँजीवादको पछाडि लखुरलुखुर हिँड्ने । पूँजीवादका पछाडि हिँडेर नाम चैं समाजवादी राखेका छन् । हाम्रा गाउँमा धनबहादुर भन्ने गरिब मान्छे थिए । एउटा बलबहादुर भन्ने थिए फुके डन । नामले हुँदैन रहेछ । उनले माधव नेपालले फाटोवादी पूँजीवादी पार्टी खोलेको बताए ।

नेपाल एयरलाइन्सद्वारा अपाङ्गता भएका यात्रुलाई हवाई भाडा छुट गर्ने

काठमाडौं । नेपाल एयरलाइन्सले अपाङ्गता भएका यात्रुलाई हवाई भाडा छुट गर्ने भएकाे छ ।   आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका...

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

.