कांग्रेस नेताहरुद्धारा दिवंगत रुङ्गटाको १३ औं पुण्य तिथिमा श्रद्धाञ्जली 

स्टार संवाददाता
स्टार संवाददाता

वीरगन्ज । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रुङ्गटाको पिता समाजसेवी ओम प्राकश रुङटाको  १३औं पुण्य तिथिको अवसरमा सोमबार  श्रद्धाञ्जली सभा सम्पन भएको छ । सो श्रद्धाञ्जली समारोहमा नेताहरुले  दिवंगत  रुङ्गटाको स्मृतिमा आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागिहरले दिवंगत  रुङ्गटाको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तव्य परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामना गरेका थिए ।  

उक्त कार्यक्रममा कांग्रेसका उपसभापति पुर्ण बहादुर खडकाको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष आतिथ्यतामा ज्ञानेन्द्र कार्की, उमेश श्रेष्ठ र इन्द्र बहादुर बानियाँ लगायतको सहभागिता रहेको थियो ।  रुङ्गटाको  निधनका कारण कांग्रेसले अभिभावक गुमाउनुका साथै देशले एक कुसल  सामाजिक व्यक्तित्व गुमाएको उपस्थित नेताहरुले बताएका थिए । जिल्लामा पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिकाका साथै सङ्गठन विस्तार सहित सामाजिक क्षेत्रमा पुर्याएको अमूल्य योगदानको पार्टीले संधैभीर स्मरण गर्ने नेताहरुको भनाई थियो । सो क्रममा दिवंगत रुङ्गटाको तस्बिरमा माल्यार्पण गर्दै उपस्थित व्यक्तित्वहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए । 

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका  समाजसेवी  ओम प्रकाश रुङ्गटाको उपचारको क्रममा चैत्र १ गते निधन भएको थियो । संविधानसभा सदस्य अनिल रुङ्गटा, सुनिल रुङ्गटा र अनुज रुङ्गटाका पिता हुन् । विभिन्न संस्थामा संलग्न रहेका रुङ्गटा राजनीतिक सँगै सामाजिक कार्यमा समेत क्रियाशील  मानिन्थे ।

‘शिक्षा ऐन छिटो निर्माण गर्न अर्डिनेट गर्ने मेरो भूमिका छ’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले लामो समयदेखि थन्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न...

सिमलताल बस दुर्घटनाबारे अध्ययनका लागि कार्यदल बनाउने गृहमन्त्री लेखकको पहिलो निर्णय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । आज मन्त्रीमा नियुक्त भएका...

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।   आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार...

खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।   आज सिंंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर उनले...

स्वास्थ्य मन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।   आज राष्ट्रपति कार्यालय शीतल...

शिक्षा मन्त्री विद्या भट्टराईले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा मन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन् ।   शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर एमाले नेतृ...

.