तनहुँ १ मा उपनिर्वाचन लड्ने कांग्रेसका एक दर्जन आकांक्षी

स्टार संवाददाता
स्टार संवाददाता

तनहुँ । प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको तनहुँ–१ मा उपनिर्वाचनको लागि नेपाली कांग्रेसका १३ जनाले निवेदन दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबार सम्ममा उम्मेदवार हुन पूर्व मन्त्रीदेखि संविधानसभा सदस्यसम्मले निवेदन दिएका हुन् ।

पूर्व प्रदेश मन्त्री डोवाटे विश्वकर्मा, केन्द्रीय सदस्य गोविन्द भट्टराई, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, पूर्व सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र विष्णुबहादुर पन्तले उम्मेदवार बन्न निवेदन दिएका छन् । जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, पूर्व सचिव समुन्द्र गोदार, पूर्व प्रदेश सांसद सरिता गुरुङ, पूर्व समन्वय समिति सदस्य अर्जुनबहादुर अधिकारी र क्षेत्रीय सभापति श्याम मौराती पनि उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्न निवेदन दिएका छन् ।

उम्मेदवारी आकांक्षीसँग ६ हजार शुल्क लिइएको छ । उम्मेदवारी दिएका मध्ये सबैभन्दा सिनियर केन्द्रीय सदस्य भट्टराई भएकोले उनले नै टिकट पाउने सम्भावना रहेको कांग्रेसका जिल्ला नेताहरु बताउँछन् । निर्वाचन आयोगले तनहुँमा वैशाख १० गते उपनिर्वाचनको मिति तोकेको छ ।

उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । चैत्र १८ गते निर्वाचन आयोगको कार्यालय स्थापना हुने र चैत्र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगको तालिका छ ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.