गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आइतबार बेलुका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

आज बेलुका मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न बैठक बस्ने । तर, समय तय भइनसकेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जनाकारी दिए । प्रधानमन्त्री प्रचण्डले बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीले गठबन्धनमा सहमति जुटाउने प्रयास गर्ने जनाइएको छ ।

आज शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । शनिबार बसेको माओवादीको पदाधिकारी बैठकले सोमबारसम्ममा सरकारलाई पूर्णता दिनुपर्ने सुझाव दिएको थियो । पार्टीको सुझावअनुसार प्रधानमन्त्रीले गृहकार्य अघि बढाएका हुन् ।

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने  निर्वाचनमा सत्ता...

.