नेपाल जेसीजको काउन्सिलर्स एकेडेमी काठमाडौंमा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं/११ चैत, नेपाल जेसिज २०२३ को आयोजनामा दुइदिने राष्ट्रिय काउन्सिलर्स एकेडेमी सुरु भएको छ ।
द मल्ल होटलमा शुक्रबार भएको कार्यक्रममा सो कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि डा. शेखर कोइरालाले राजनितिक अस्थिरता रहँदा नेपाल जेसिजले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे । त्यस्तै देशलाई सम्बृद्ध बनाउन नेपाल जेसिजको काउन्सिलर्स एकेडेमीले बिषेश भूमिका खेल्ने नेपाल जेसिज २०२३ का राष्ट्रिय अध्यक्ष बिकास मानन्धरले प्रष्ट पारे ।
दुइदिने प्रशिक्षणमा प्रमुख प्रशिक्षक नेपाल जेसिजका पूर्व अध्यक्ष तथा पूर्व अष्ट्रेलियन राजदुत महेश दाहाल लगायतका व्यक्तित्वहरुले नेपाल जेसिजका देशभरीबाट उपस्थित भएका १ सय ७८ शाखाका अध्यक्षहरुको व्यक्तित्व र नेतृत्व बिकास सम्बन्धि प्रशिक्षण दिइने छ । क्षमता अभिवृद्घिका साथै वार्षिक कार्यक्रमहरुको रुपरेखाको विषयमा छलफल तथा अन्तरक्रिया गर्दै युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गएको नेपाल जेसीजले जनाएको छ ।
कार्यक्रममा एसिया तथा प्यासेफिकका लागि निरुपित उपाध्क्षय मारी कितामुरी, नेपाल जेसीजका पुर्व अध्यक्षहरु, किवानिज नेपालका अध्यक्ष लक्ष्मण लम्साल, पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.