क्रिकेटर करण केसी सम्मानित


काठमाडौँ/१० चैत, पोखरामा क्रिकेटका राष्ट्रिय टिमका खेलाडी करण केसीलाई सम्मानित भएका छन् ।
शुक्रबार पोखरा महानगरपालिका वडा नं. १३ ले एक कार्यक्रम आयोजना गरि उनलाई सम्मान गरेको हो ।
वडाअध्यक्ष किरण बरालले राष्ट्रिय टिमका खेलाडी केसीलाई सम्मानपत्र सहित सम्मान गरिएको जानकारी दिए । अध्यक्ष बरालका अनुसार केसीका हजुरआमा र आमालाई समेत सम्मान गरिएको छ ।
‘केसी वडाबासी भएकाले वडाले सम्मान गरिएको हो,’ उनले भने,’ स्थानीय तहमा भएका यस्ता खेलाडीलाई सम्मान गर्दा अन्य खेलाडीलाई पनि प्रोत्साहन मिल्छ ।‘
सम्मान समारोहमा अध्यक्ष बरालले खेल क्षेत्रमा केसीको उज्वल भविष्यको कामना पनि गरे । राष्ट्रलाई उनले पुर्याएको योगदान कदर गरी सम्मान गरिएको उनको भनाइ छ ।
‘उनीजस्ता खेलाडीलाई सम्मान गर्न पाउँनु हाम्रो लागि अहोभाग्य हो,’ उनले केसीलाई सम्मानित गरेपछि भने,’ खेलाडीलाई गरिएको सम्मानले उनलाई थप हौसला मिल्ने आशा गरेका छौ । यस्ता कार्यले वडामा भएका अन्य खेलाडीलाई थप हौसला र प्रोत्साहन मिल्ने छ ।‘
सम्मानित भइसकेपछि करण केसीले सम्मान गर्ने जनप्रतिनिधिलाई धन्यवाद प्रकट गरे । ‘सम्मानले मेरो खेल जीवनमा थप उर्जा मिलेको छ,’ उनले भने,’ नेपाल र नेपाली क्रिकेटलाई माथि पुर्याउन हौसला प्राप्त भएको छ ।‘
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...