मुख्यमन्त्रीसहित केन्द्रमा तीन मन्त्रालय दिन प्रचण्डसँग माधव नेपालको माग


काठमाडौं । नेकपा एकीकृत समाजवादिका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्रालय र प्रदेशमा मुख्यमन्त्रीको माग गरेका छन् । सत्तारुढ १० दलीय गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटर संघमा तीन मन्त्रालय र प्रदेशमा मुख्यमन्त्रीको माग गरेका हुन् ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने छलफल भएको थियो । १० दलीय गठबन्धनबाट भने नेकपा एसलाई २ मन्त्रालय दिने तयारी छ ।
केपी ओलीले राष्ट्रपति अफर गर्दा पनि छाडेको र उपराष्ट्रपतिमा पनि दाबी नगरेको भन्दै अध्यक्ष नेपालले गठबन्धनमा तीन ठूला दल कांग्रेस, माओवादी र जसपाले क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति पाएकाले अब रोज्ने पालो चौथो दलको रहेको बताएका छन् ।
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार...
एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे
काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ...
माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् । शुक्रबार...
त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ । भन्सार...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...