‘नेपाली सेनाका बारेमा गलत तथा अनर्गल प्रचार भइरहेको छ’ : प्रधान सेनापति

स्टार संवाददाता
स्टार संवाददाता

पोखरा । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका बारेमा गलत तथा अनर्गल प्रचार भइरहेको बताएका छन् । पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा बेला मौकामा कुनै वर्ग वा केही त्यसका अंशियारहरूले दुष्प्रचार गर्ने नियतले अनर्गल गाली र त्यसका प्रचारहरू हुने गरेको बताएका हुन् ।

उनले भने, ‘नेपाली सेनाले संविधान सम्भव निर्वाह गरिएका जिम्मेवारीहरूको बारेमा बेला मौकामा कुनै वर्ग वा केही त्यसका अंशियारहरूले दुष्प्रचार गर्ने नियतले अनर्गल गाली र त्यसका प्रचारहरू हुने गरेको तपाईं र हामीलाई यो सञ्चार तथा सामाजिक सञ्जालबाट प्रसारित हुने त्यस किसिमका भ्रामक प्रचारबाजीबाट तपाईं सबै टाढा रहनुपर्छ तपाईंहरूलाई जान्न इच्छा भएमा हाम्रा वेबसाइटहरू सम्बन्धित विभागका गरिएका परिपत्र, नेपाल सरकारबाट आएका आदेश तथा निर्देशनबाट नै प्रस्ट रूपमा कुरा बुझ्न सकिन्छ । अनर्गल प्रचारको पछि नलाग्नुहोला ।’

नेपाली सेनाको संख्याको विषयमा भइरहेका बहसप्रति आपत्ति जनाएका छन् । नेपाली सेनाको निर्धारण गर्ने काम स्वघोषित प्राज्ञ र स्वघोषित विज्ञ, सुरक्षा विज्ञ नभएर नेपाल सरकार रहेको बताएका हुन् । शर्माले भने, आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ । न कि कुनै एनजिओ, आइएनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ र स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरूले गर्ने होइन नेपाल सरकारको काम हो भनेर भन्न चाहन्छु । बाहिरी व्यक्तिबाट नेपाली सेनाको संख्या यति, उति हुनुपर्छ भन्नेमा कुनै सत्यता नरहेको प्रधान सेनापति शर्माले स्पष्ट पारे ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.