‘आर्थिक समस्या समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ’ : राष्ट्रपति पौडेल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो अवस्थामा आर्थिक रुपमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले हाल मुलुकमा देखिएको आर्थिक संकटको समस्या र जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नु पर्ने बताएका हुन् ।

उनले भने, ‘मुलुकको बर्तमान आर्थिक अवस्थाले मलाई निकै चिन्तित बनाएको छ । हाल मुलुकमा देखिएको आर्थिक संकटको समस्या र जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्छ । आर्थिक रुपमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ ।’

त्यस्तै, राष्ट्रपति पौडेलले मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेम जोड दिएका छन् । अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा आफू चिन्तित भएको बताएका छन् । उनले पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको समेत बताएका छन् ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.