शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेलले गरे स्वास्थ्य परीक्षण

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका छन् । बिहिबार आज शिक्षण अस्पताल पुगेर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएर राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका हुन् ।

राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले जानकारी दिए । उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, ‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।’

त्यसैगरि, राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरमै रहेको बिपी कोइराला लाइन्स आँखा अध्ययन केन्द्रमा आँखा परीक्षण पनि गराएका छन् ।

राष्ट्रिय विकास परिषद्को बैठक बस्दै

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक आज बस्ने भएको छ । बैठक बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा...

मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस मनाइँदैछ...

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

काठमाडौं । पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका-२९ स्थित लेक...

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

.