८२ साल अगावै ललितपुर सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त घोषणा

स्टार संवाददाता
स्टार संवाददाता


ललितपुर/ ८ चैत, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले वि.सं.२०८२ साल अगावै जिल्लालाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त जिल्ला घोषणा गर्नका लागि प्रभावकारी रुपमा समन्वयकारी भूमिका निर्वाह गर्ने वताएका छन् । आज कार्यालयमा आयोजित ललितपुर जिल्लालाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त जिल्ला घोषणा गर्ने सम्बन्धमा भएगरेका कामहरुको समीक्षा कार्यक्रममा मन्तव्य राख्दै समन्वय प्रमुख फुँयालले यस्तो वताएका हुन् । ‘कुनै पनि व्यक्तिले वेसाहारा भएर सडकमा छट्पटिएर बाँच्नु पर्ने अवस्थाको अन्त्य गर्न हाम्रो अभियान तिब्र रहने छ । यसका लागि १० वर्ष अगाडिदेखि मानवसेवा आश्रमले गरेको काम र खेलेको भूमिका अत्यन्तै प्रसंशनीय छ ।’ प्रमुख फुँयालले भने । ‘मानसिक समस्या भएकाहरुलाई कोशिसले पुर्‍याएको सेवा र खेलेको भूमिका समेत अत्यन्तै महत्वपूर्ण छ । यसरी मानव सेवाको काम गरेको संस्थाहरुको काममा निरन्तर समन्वय र सहजीकरण गर्न लागि पर्नेछौँ ।’ उनले मानव सेवा आश्रम र कोसिशलाई जग्गा उपलब्ध गराएर अभियानमा बल पु¥याउन ललितपुरका गाउँपालिकालाई आग्रह गरे । जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि प्रदेश सरकारसंग समन्वय गर्ने कार्यमा लागिपर्ने उनले वताए ।
१० वर्ष अघि स्थापना भएको मानव सेवा आश्रमले उपत्यकामा चार वटा सेन्टर स्थापना गरेर सडक मानवहरुको उद्दार गर्दै आइरहेको छ । आश्रमले हालसम्म ८ हजार भन्दा बढि सडक मानवहरुको उद्दार गरिसकेको छ । ७ प्रदेशका १९ वटा जिल्लामा आश्रमले सेवा पुर्‍याइरहेको छ ।

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

.