सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका – मन्त्री अमनलाल मोदी

स्टार संवाददाता
स्टार संवाददाता

ललितपुर/ ८ चैत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण भएको वताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)द्धारा आज बुधबार ललितपुरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ ओैं साधारणसभामा मन्तव्य राख्दै मन्त्री मोदीले यस्तो वताएका हुन् । ‘ लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका छ । सामुदायिक रेडियोको संरक्षणमा स्थानीय तहदेखि केन्द्रीय सरकारले पनि सोच्नु पर्छ । संघ, प्रदेश र स्थानीय तहले जनतासम्म आफ्ना सूचना पुर्‍याउन पनि सामुदायिक रेडियोको संरक्षण गर्नुपर्नेछ ।’ मन्त्री मोदीले भने । मोदीले सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको वताउँदै मिडियामा पनि सुशासन र पारदर्शिता चाहिनेमा जोड दिए ।
पारदर्शी र सबल स्थानीय सरकारका लागि सामुदायिक साझेदारी बिषयक समूहगत छलफलमा आफ्ना धारणा राख्दै शान्ति नगर गाउँपालिका दाङका अध्यक्ष प्रमोद बस्नेतले गाउँमा रेडियो सूचना प्रवाहको महत्वपूर्ण माध्यम भएको वताए । उनले रेडियोमार्फत सजिलै सूचना पुग्ने र पत्रपत्रिका भन्दा प्रभावकारी भएकोले आफूहरुले स्थानीय रेडियोसंग साझेदारी गरेर सूचना प्रवाह गर्ने गरेको वताए ।
रेडियो लाङ्टाङका अध्यक्ष सोम सुवेदीले सामुदायिक रेडियो पृथक हुन नसकेको चिन्ता स्थानीयस्तरमा सुनिन थालेको वताए । उनले स्थानीय तह र जनप्रतिनिधिहरुले स्थानीय स्तरमा भएका स्रोतहरुलाई परिचालन गर्ने एजेन्डा आओस् भन्ने चाहेको वताए । उनले सामुदायिक रेडियोले सामुदायिक पत्रकारिता गरिरहेको यसलाई स्थानीय तहले आफ्ना वार्षिक नीति तथा कार्यक्रममा समेट्नुपर्नेमा जोड दिए ।
छिन्नमस्ता गाउँपालिका सप्तरीका अध्यक्ष विद्यानन्द चौधरीले स्थानीय सरकारसंग असीमित अधिकार भए पनि संघीय सरकारबाट कतिपय कुरामा हस्तक्षेप भएको वताउँदै हालसम्म पनि संघीय निजामती ऐन आउन नसकेकोमा चिन्ता व्यक्त गरे। उनले विद्युतीय माध्यमबाट आफ्नो स्थानीय तहको सूचना प्रवाह भैरहेको वताउँदै उपलब्ध स्रोतको आधारमा सामुदायिक रेडियोलाई परिचालन गर्ने वताए ।
समुहगत छलफलको सञ्चालन गर्दै अकोरावका उपाध्यक्ष बन्दना दनुवारले कोरोना महामारी पछि सामुदायिक रेडियोको अवस्था कमजोर हुँदै गइरहेको र सरकारबाट संरक्षण र साझेदारको रुपमा लिएर आगाडि बढ्न कञ्जुस्याईँ भइरहेको वताइन् ।।
समूहगत छलफलमा भाग लिने सहभागीहरुले स्थानीय सरकारले सामुदायिक रेडियोलाई बार्षिक कार्यक्रम समेट्ने परिस्थिति सृजना हुन नसकेको, सञ्चार माध्यामका लागि स्थानीय तहले अपहेलना गरेको, पारदर्शिताको कुरा गर्दा विरोध गरेको जस्तो सोच्ने गरेको, चौमासिक रुपमा सार्वजनिक सुनुवाइ नहुने गरेको र वार्षिक समीक्षा प्रभावकारी रुपमा दिने व्यवस्था नभएको वताए ।
अकोरावका अध्यक्ष अर्जुन गिरीले विपदमा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको वताउँदै पछिल्लो समय उपेक्षामा परेको गुनासो व्यक्त गरे । हाल देशभर ३७२ वटा सामुदायिक रेडियो सञ्चालनमा रहेका छन् । देशैभरका सामुदायिक रेडियोका सञ्चालकहरु सहभागी रहेको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ ओैं साधारणसभा आज बुधवारबाट सुरु भएको छ । यो सम्मेलन तथा साधारणसभा भोली विहिबार सम्पन्न हुनेछ ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.