ठमेलको ‘टेन एक्स’मा फेसन गाला नाइट हुँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौँ/ ८ चैत, फेसनमा सिजर्नात्मकताको खोजी गर्दै ठमेलमा ‘फेशन गाला नाइट २०२३’ हुने भएको छ । आगामी शनिबार चैत ११ गते ९ मार्च २५० ठमेलस्थित टेन एक्स क्लबमा ‘फेसन गाला नाइट’ शो हुने भएको हो । फेसन राष्ट्रिय नेपाल र टेन एक्स क्लबको संयुक्त आयोजना फेशन गाला हुने आयोजकले जनाएका छन् । फेसन सो साँझ ७ बजेदेखि ९ बजेसम्म हुने छ ।
नेपाली फेशन उद्योगमा योगदान पुर्‍याएका १० जना उत्कृष्ट व्यक्तिलाई सम्मान गरिने एफएनएनका निर्देशक शेखरराज कसजुले जानकारी दिए । फेसनकै विभिन्न क्षेत्रमा लामो समयसम्म योगदान गरेकालाई सम्मान गरी थप हौसला प्रदान गरिने उनले बताए ।
फेसन फिल्म शोकेस अन्तर्गत फेशनसँग सम्बन्धित भिडियो प्रस्तुती हुनेछ । ‘फेसनसँग सम्बन्धी डिजाइन, ब्राण्ड र बुटिकको भिडियो बनाएकाले उक्त दिन निःशुल्क भिडियो देखाइनेछ,’ उनले भने,’ आफ्नो फेसनका कम्पनी र आफ्ना डिजाइनको प्रचारप्रसारसमेत गर्न पाउनेछन् ।‘
टेन एक्स क्लबलाई फेसन हब बनाउने तयारी गरिरहेको निर्देशक कसजुले बताए । ‘क्लबलाई फेसन हब बनाउनलाई विशेष सम्झौता गरिन्छ । क्लब मार्फत फेशनका प्रोजेक्टहरूलाई बढाउँदै लगिन्छ,’ उनले अगाडि थपे ।
गाला फेसनको साँझ एफएनएनले नयाँ प्रोजेक्ट गर्ने इभेन्टहरू सार्वजनिक गरिने उनको भनाइ छ । ‘चाँडै समर फेसन थिम पार्टी गरिने सोचाइ राखेका छौ । उक्त इभेन्टको मिति पनि सार्वजनिक गरिनेछ, ‘ उनले सुनाए ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.