प्रचण्डविरुद्ध नाराबाजी गर्ने तिन जनालाई प्रहरीले चलायो मुद्दा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूलाई ३ युवा विरुद्ध प्रहरीले मुद्दा चलाएको छ । ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजना गरिएको समारोहमा जाँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्ने सोम शर्मा, उद्धव बस्नेत र विप्लव खड्काविरुद्ध काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको हो ।

प्रहरीले प्रधानमन्त्री संलग्न कार्यक्रममा बाधा पुर्‍याउन खोजेको भन्दै तीन जना युवालाई पक्राउ गरिएको र अभद्र व्यवहारमा मुद्दा चलाइएको काठमाण्डू प्रहरीका प्रवक्ता सीताराम रिजालले बताएका छन् । प्रहरीले प्रचण्डविरुद्ध नाराबाजी गर्नेहरूको मुख थुन्दै गरेको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा मानिसहरूले शेअर गर्दै ‘बोल्न पनि नपाइने हो ? भनिरहेका छन् । यो घटनाबारे बुधवार संसद्‌मा पनि प्रश्न उठेको छ ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका उनीहरूलाई प्रहरीले मुख बन्द गर्दै लछारपछार पारेर प्रहरी भ्यानमा हालेको थियो । उनीहरूले ‘आतङ्ककारी प्रचण्ड मुर्दावाद’ जस्ता नारा लगाएका थिए । हाल उनीहरू प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् ।

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस सांसद टेकबहादुरको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ ।   संघीय संसद सचिवालयले आज...

लुम्बिनीका ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका...

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ

काठमाडौं । बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै मोसो दलिएको छ ।   क्रान्तिकारी...

.