चामल आयात १० अर्बले घट्यो, ८ महिनामा पौने २६ अर्बको आयात

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ८ महिनामा २५ अर्ब ७८ करोड रुपैयाँ भन्दा धेरैको धान चामल आयात भएको छ । गर्त वर्षको समीक्षा अवधिको भन्दा १० अर्ब हाराहारीमा गिरावट भएर २५ अर्ब ७८ करोड रुपैयाँ भन्दा धेरैको धान चामल आयात भएको हो ।

जबकि गर्त वर्षको अवधिमा ३५ अर्ब ६३ करोड रुपैयाँको धान चामल नेपाल भित्रिएको थियो । विभागकाअनुसार चालु आवको फगुनसम्म बिउको रुपमा ४ करोड २७ लाख ७० हजार रुपैयाँको १ लाख ३१ हजार २१३ किलो धान आयात भएको छ । यस्तै चामलको प्रयोजनका लागि १४ अर्ब २६ करोड ३ लाख रुपैयाँ बराबरको ३९ करोड ४६ लाख किलो धान नेपालले आयात भएको छ ।

प्रशोधित चामल भने यस अवधिमा ११ अर्ब ४८ करोड १० लाख ३६ हजार रुपैयाँको १७ करोड १९ लाख किलो चामल नेपाल भित्रिएको विभागले जनाएको छ । यस्तै गर्त वर्ष ३ करोडको धानको बिउ, १३ अर्ब ९७ करोडको ४७ करोड ६२ लाख किलो धान आयात भएको छ । विभागकाअनुसार यस वर्ष धानको आयात गत वर्षको तुलनामा २९ करोडले धानको आयात बढेको छ ।

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

कार्यदलकाे बैठक निष्कर्षविहीन

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बसेकाे कार्यदलको बैठक निष्कर्षविहीन भएकाे छ...

सांसद्ले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन शर्माको माग

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सांसद्ले विदेशीलाई सूचना बेच्छन् भनी दिएको अभिव्यक्ति संसदकाे रेकर्डबाट...

चोभार बन्दरगाहबाट ८३ करोडको आयात

काठमाडाैं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु...

कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी

काठमाडाैं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न कार्यदलको बैठक सुरू भएकाे छ ।...

.