दलितका लागि नयाँ कार्यक्रम ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता, भन्छन्-‘जेजति अधिकार पाएका छन् लडेर प्राप्त गरेका हुन्’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायका माग आफुले मात्र पूरा गर्नसक्ने बताएका छन् । जातीय छुवाछुतविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा उनले दलित समुदायले सम्झने गरी कार्यक्रमको घोषणा गर्ने बताउदै यस्तो बताएका हुन् ।

उनले भने, ‘जे जति माग दलित समुदायबाट आएको छ आजको मितिमा कसैले पूरा गर्छन् भने मैले हो, अरुले गर्न सक्दैनन् । दलितहरुले सम्झने गरी केही कार्यक्रम घोषणा गर्छु । उत्पीडकहरुबाट आशा र भरोसा गरेर, उनीहरुको दयाको भिख मागेर अधिकार पाइने कुरा होइन । भिख मागेर अधिकार पाइँदैन खोसेर लिने हो । जेजति अधिकारको पाएका छन् त्यो लडेर प्राप्त गरेका हुन् । अधिकारप्राप्तिको यो लडाईँ अलि लामो हुन्छ । यो वर्ग संघर्ष मुद्दामा पनि, संस्कृतिक संघर्षको मुद्दा र राजनीतिक संघर्षको पनि मुद्दा हो ।’

दलित समुदायले जेजति अधिकार प्राप्त गरेका छन् त्यो सबै संघर्षबाट मात्रै प्राप्त गरेको भन्दै दाहालले अधिकार प्राप्तिको लडाईँलाई संस्कृतिक संघर्षको रुपमा बुझ्नुपर्ने बताए ।

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.